काठमाडौं । नेपाली एमएमए खेलाडी Rabindra Dhant ले ‘Road to UFC Season 5’ अन्तर्गतको प्रतिस्पर्धामा फिलिपिन्सका खेलाडी Kimbert Alintozon विरुद्ध शानदार प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनाएका छन् ।
धन्तको जितसँगै नेपाली खेलकुद इतिहासमा अर्को महत्वपूर्ण उपलब्धि थपिएको छ । उनले प्रतिस्पर्धाभर आक्रामक र आत्मविश्वासी खेल प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई गौरवान्वित बनाएका हुन् ।
उनको सफलतापछि सामाजिक सञ्जालमा बधाई तथा शुभकामनाको ओइरो लागेको छ । समर्थकहरूले आगामी सेमिफाइनल खेलका लागि सफलताको शुभकामना व्यक्त गर्दै नेपालको झण्डा अझ उचो बनाउने विश्वास व्यक्त गरेका छन् ।
धन्तको मेहनत, संघर्ष र समर्पणले नेपाली युवामा नयाँ ऊर्जा र प्रेरणा थपेको बताइएको छ ।