कर्णाली विकास बैंकका निक्षेपकर्ताद्वारा बैंकको कार्यालय घेराउ
नेपालगञ्ज (बाँके) । कर्णाली विकास बैंकमा जम्मा गरेको रकम फिर्ता नपाएको भन्दै निक्षेपकर्ताहरूले नेपालगञ्जमा विरोध प्रदर्शन गरेका छन् । विगत दुई वर्षदेखि आफ्नो बचत रकम प्राप्त गर्न नसकेका झण्डै तीन सय निक्षेपकर्ताले नेपालगञ्जस्थित बैंकको कार्यालय घेराउ गर्दै आन्दोलन गरेका हुन् । आन्दोलनमा...

