संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल हुने कार्यसूची रहेको छ। बजेटमाथिको बहसमा सहभागी हुन विभिन्न दलका सांसदहरू सिंहदरबारस्थित संसद भवन परिसर पुगेका छन्।

बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले बजेटका विभिन्न पक्षबारे आफ्नो धारणा राख्नेछन्। बजेटको प्राथमिकता, स्रोत व्यवस्थापन, विकास योजना तथा कार्यान्वयन क्षमताका विषयमा सांसदहरूले सरकारसँग जवाफ माग्ने अपेक्षा गरिएको छ। बजेटमाथिको छलफललाई चालु अधिवेशनको महत्वपूर्ण कार्यसूचीका रूपमा हेरिएको छ।

