चक्रमान डङ्गोल स्मृति प्रतिष्ठानले समाजमा पु¥याएको योगदानको कदर गर्दै स्वर्गीय समाजसेवी चक्रमान डङ्गोलको शालिक स्थापना गरेको छ । आइतबार एक कार्यक्रम बीच उनको नाममा स्थापना गरिएको चक्रमान स्मृति पार्क र उनको स्मारक उद्घाटन गरिएको छ । समाजसेवी चक्रमान डङ्गोल नेपाली संस्कृति संरक्षण र समाजसेवामा समर्पित व्यक्तित्व हुन् । काठमाडौं महानगरपालिका १२ वडाका पूर्व अध्यक्ष तथा ज्यापु संस्कृति विकास कोषका संस्थापक अध्यक्ष डङ्गोलले ज्यापु संस्कृतिको संरक्षणमा अमूल्य योगदान पुर्याएका थिए ।
उनको यसै योगदानको कदर गर्दै शालिक स्थापना गरिएको हो । कामपा १२ वडाका अध्यक्ष बालकृष्ण महर्जनले आइतबार शालिकका साथै चक्रमान डङ्गोल स्मृति पार्कको उद्घाटन गरेका थिए । संस्थाका अध्यक्षको सभापतित्वमा भएको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि महर्जनले डङ्गोलको योगदानको कदर गर्दैे यस्तो पार्क निर्माण गर्न पाउँदा खुशी लागेको बताए । उनले डंगोलको योगदानको कदर गर्दै बनाइएको पार्क तथा शालिकले उनको योगदानलाई सम्झाउने छ र उनीबाट धेरै प्रेरणा लिन सकिनेछ । कार्यक्रममा वडा सदस्य पुष्परत्न महर्जनले पार्क निर्माण बारेमा जानकारी गराएका थिए । ज्यापु महागुथि नेपालका केन्द्रीय अध्यक्ष सत्य नारायण डंगोल, ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मंगलकृष्ण महर्जन, ज्यापु महागुथि महानगर समितिका अध्यक्ष पञ्च नारायण महर्जन, काठमाडौं महानगरपालिका ११ वडाका अध्यक्ष हिरारत्न तण्डुकार, नारायण परिवार क्लबका अध्यक्ष प्रचण्ड मान बज्राचार्य, १२ वडाका पूर्व अध्यक्ष विकास डंगोललगायतले कार्यक्रममा बोलेका थिए । वरिष्ठ मूर्तिकार राजु तुलाधरले मूर्ति बनाएका थिए । कार्यक्रममा उनलाई सम्मान पनि गरिएको थियो । स्मृति पार्क र शालिक १२ वडाको आर्थिक सहयोगमा निर्माण गरिएको हो ।