काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनका क्रममा विभिन्न पदका उम्मेदवारहरू महाधिवेशनस्थलमा सरसफाइ अभियानमा सहभागी भएका छन् ।
निर्वाचन प्रतिस्पर्धासँगै उम्मेदवारहरूले श्रम, अनुशासन र जिम्मेवारीको सन्देश दिँदै कार्यक्रमस्थल सफा गरेका हुन् । महाधिवेशनस्थलमा उम्मेदवारहरूको सक्रिय सहभागिताले प्रतिनिधि तथा कार्यकर्ताको ध्यान आकर्षित गरेको छ ।
